तुलसीपुर , १६ माघ । सगरमाथा इङलिस स्कुलले एक कार्यक्रमको आयोजना गरेर सहिद दिवस मनाएको छ । सो अवसरमा बोल्ने वक्ताहरूले पछिल्लो समय  विदेश मोह बढेका कारण देशभक्ति भावना हराउँदै  जान थालेका बेला  कार्यक्रमले विद्यार्थीहरूलाई देशप्रतिको माया जगाउनमा सहयोग पुग्ने बताएका थिए ।  त्यसैगरी उनिहरुले इतिहासको विभिन्न कालखण्डमा प्रजातन्त्र, राष्ट्रियता र स्वाभिमानका पक्षमा लड्दालड्दै प्राण आहुति गरेका वीर सहिदले देखाएको बाटोमा हिडेमा मात्र उनीहरूको सपना साकार हुने बताएका थिए ।विद्यालयका सिइओ यमकान्त खरेलको अध्यक्षतामा भएको कार्यक्रममा अधिवक्ता सालिक राम रेग्मी, तुलसीपुर उपमहानगरपालिकाका पर्यटन शाखा प्रमुख झरेन्द्र खरेल, नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप वली, विद्यार्थीहरू सन्दीप चौधरी, दीक्षा शाह, मनिस केसी, अमित नेपाली लागएतले  आआफना धारना राखेका थिए । विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको स्वागत मन्तव्य बाट  सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds