
थर्काेट समनचारदाता
तुलसीपुर ८ जेठ
सगरमाथा क्वालिटी सर्कल तथा सगरमाथा चाइल्ड क्लबको निर्वाचन भव्य तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
तुलसीपुर–९ बेलुवामा अवस्थित सगरमाथा स्कुलमा विद्यार्थीहरूको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने उद्देश्यले गठन गरिएको साे कार्यक्रम भव्य तथा उत्साहजनक रूपमा सम्पन्न भएको हाे ।
निर्वाचनमा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो। जम्मा ३ सय २३ मतमध्ये ३ सय १२ मत खसेको थियो भने ७ मत बदर भएको निर्वाचन अधिकृत नारायण खड्काले जानकारी दिनुभएकाे हाे ।
निर्वाचन सम्पन्न भएसँगै विद्यालय प्रशासनले विजयी सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । विद्यालयले नवनिर्वाचित प्रतिनिधिहरूले विद्यालयको शैक्षिक तथा सिर्जनात्मक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।

सगरमाथा क्वालिटी सर्कलतर्फ अध्यक्षमा मिसन के.सी.रहनुभएकाे छ भने उपाध्यक्षमा सुकृती वली, सचिवमा देसु खनाल, कोषाध्यक्षमा ग्रीष्मा नेपाली विजयी हुनुभएको छ। त्यसैगरी खुला सदस्यतर्फ जेसिका वली, दिपिका गुरुङ तथा दिपेश यादव निर्वाचित हुनुभएको छ। ।
त्यस्तै सगरमाथा चाइल्ड क्लब तर्फ अध्यक्षमा सुजल डाँगी, उपाध्यक्षमा अनिष्का डाँगी, सचिवमा दिया के.सी., कोषाध्यक्षमा अनुजा के.सी. विजयी हुनुभएको छ। महिला सदस्यमा तेजस्वी जि.एम. तथा सदस्य खुलातर्फ विराज भण्डारी र रिसान्त गिरी निर्वाचित हुनुभएको छ।
विद्यालयका प्रिन्सिपल छवि कुमार वलीले विद्यार्थीहरूमा नेतृत्व क्षमता, जिम्मेवारी भावना तथा लोकतान्त्रिक संस्कार विकास गर्न यस्ता गतिविधि प्रभावकारी हुने बताउनुभएकाे थियो। विद्यालय परिवारमा निर्वाचनले उत्साह र सकारात्मक ऊर्जा थपेको थियो ।

