थर्काेट समाचारदाता
तुलसीपुर २७ चैत
दाङको तुल्सीपुर उपमहानगरपालिका–९ बेलुवामा रहेको सगरमाथा स्कुलले शिक्षालाई व्यवहारमा उतार्दै एउटा उदाहरणीय अभ्यास अघि सारेको छ जहाँ विद्यार्थीहरू आफैं शिक्षक बन्छन्।यसको प्रभाव अहिले घरघरमा देखिन थालेको छ।तुल्सीपुर ९ बेलुवा निबासी अभिभावक पिताम्बर केसी भन्नुहुन्छ, विद्यालयले स्कुलमा ग्रुपमा पढ्ने अभ्यास गराएको प्रभाव अहिले घरमा पनि देखिन थालेको छ । नानी बाबुले यसरी पढेको देख्दा आफूलाई निकै खुसी लागेको केसीले बताउनुहुन्छ । विद्यालयले कक्षा सञ्चालनकै क्रममा विद्यार्थीहरूलाई समूहमा राखेर ‘जान्नेले नजानेलाई सिकाउने  संस्कार विकास गराउँदै आएको  विद्यालयका प्रधानाध्यापक छवि कुमार ओलीले बताउनुभएकाे हाे । यस अभ्यास अन्तर्गत सिनियर विद्यार्थीहरू जुनियरका लागि मार्गदर्शक बन्दै ज्ञान बाँडिरहेका छन्। यसले सिकाइलाई सरल, सहज र प्रभावकारी बनाएको विद्यार्थी अनिषका डाङ्गीले बताउनुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds