
थर्काेट समाचारदाता
तुलसीपुर ३० बैशाख
शान्तिनगर गाउँपालिकाभित्र सामुदायिक विद्यालय तर्फ बुद्ध मा.वि. शान्तिपुरको SEE रिजल्ट स्थानमा आएको विद्यालयले जानकारी गराएकाेछ ।
साेही अवसरमा विद्यालयले आज एक कार्यक्रमकाे आयाेजना गरि बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हाे ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलक के.सी.काे अध्यक्षता एंव शान्तिनगर गाउँपालिका वडा नं. ४ का अध्यक्ष गोमान बहादुर ओलीकाे प्रमुख आतिथ्यतामा विद्यालयले बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गकाे हाे ।

वि.सं. २०६७ सालदेखि निरन्तर रूपमा माध्यमिक शिक्षा परीक्षा (SEE) मा सहभागी हुँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बुद्ध माध्यमिक विद्यालय आज पश्चिम दाङको शैक्षिक धरोहरका रूपमा स्थापित भएको छ । विद्यालयको निरन्तर मेहनत, शिक्षकहरूको समर्पण, विद्यार्थीहरूको लगनशीलता तथा अभिभावकहरूको सहयोगकै कारण यो सफलता सम्भव भएको विद्यालयले जनाएको हाे ।



कार्यक्रममा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई सम्मान गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। साे कार्यक्रममा सहभागी अतिथिहरुले सम्पूर्ण विद्यालय परिवारलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि शुभकामना दिएका थिए ।






