दाेर्ण के.सी.
तुलसीपुर ०८ बैशाख

“समृद्ध विकासको अबरोध , जातीय तथा लैंगिक बिभेद” भन्ने मुल नाराका साथ मंगलबार एक कार्यक्रमका बिच एकदिने अन्तर संवाद कार्यक्रम सम्पन्न भएको छ ।
दलित महिला संघ तुलसीपुर, दाङको आयाेजना तथा तुलसीपुर उपमहानगरपालिका -३ नं. वडा कार्यालयकाे समन्वयमा सम्पन्न वडा कार्यालयबाट प्रवाह हुने सेवा सुविधा र कार्यक्रमका विषयमा सरकार र नागरिक बिचमा अन्तर संवाद कार्यक्रम तुलसीपुर

उपमहानगरपालिका -३ नं. वडा कार्यालय दमारगाउँमा सम्पन्न भएकाे हाे । दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराकाे अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका -३ नं. वडा कार्यालयका वडा अध्यक्ष वीर बहादुर बि.क.काे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे । साे कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका -३ नं. वडा कार्यालयकी निमित्त सचिव बिन्दु शर्माले वडा कार्यालयद्वारा वर्षभरी गरेका कार्यक्रमकाे विषयमा प्रस्तुत पार्नुभएकाे थियाे ।

कार्यक्रममा उपस्थित स्थानीय वडाबासीहरुले कार्यालयले वडामा गरेका विकासका कामका बारेमा तुलसीपुर -३ का वडा अध्यक्ष वीर बहादुर बि.क.(बिजय) सँग अन्तर संवाद गरेका थिए । तुलसीपुर उपमहानगरपालिका -३ नं. वडा कार्यालयकी दलित महिला वडा सदस्य दिलमाया काैसलकाे स्वागत मन्तव्यसँगै सुरुभएकाे कार्यक्रममा ३० जनाकाे सहभागीता रहेकाे कार्यक्रमको सहजीकरण पत्रकार ओपेन्द्र बस्नेतले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds