





दोर्ण के.सी.
तुलसीपुर २४ चैत
तुलसीपुरको क्षेत्रमा शनिवार विद्युत लाईन कटौँती गरिने भएको छ । तुलसीपुर क्षेत्रभित्र पर्ने ३३ केभी लाईन मर्मत गर्नुपर्ने भएकोले विद्युत लाईन कटौँती गर्न लागिएको नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका निमित्त वितरण केन्द्र प्रमुख शरद अर्यालले जनाएका छन् । नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रका निमित्त वितरण केन्द्र प्रमुख अर्यालले तुलसीपुर क्षेत्रभित्र पर्ने बालापुर, सुकौँरा, भम्के, एयरपोर्ट, कृष्ण मन्दिर, बिजौँरी, फुलबारी मानपुर फिडरका सबै स्थानहरूमा साथै कपुरकोट क्षेत्रको फिडर अन्र्तगतका सम्पूर्ण क्षेत्रहरूमा पनि चैत २३ गते शनिवार विहान १० वजेदेखि बेलका ५ बजेसम्म विद्युत लाईन अवरूद्व हुने बताएका थिए ।





