
थर्कोट समाचारदाता
तुलसीपुर, २३ चैत ।
उच्च अदालत तुलसीपुरले शुक्रबार तुलसीपुरमा एक कार्यक्रमका विच अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । उच्च अदालत तुलसीपुर दाङको तुलसीपुरमा रहेको उच्च अदालत तुलसीपुरमा दर्ता हुने मुद्धाको संख्या वर्षेनी दिनप्रतिदिन बढ्दै गएको जनाएको छ । अदालतमा चालु आर्थिक वर्षको चैत २३ गतेसम्म ६ सय ५७ वटा मुद्धा दर्ता भएको अदालते जानकारी गराएको छ । अदालतले शुक्रबार पत्रकारहरूसँग अन्र्तक्रिया कार्यक्रम गर्दै गत वर्षको जिम्मेवारी सरी आएका ५ सय १९ र नयाँ दर्ता भएका गरि १ हजार १ सय ७६ वटा मुद्धा मध्ये ५ सय ७० फछ्र्यौँट भएका छन् भने ६ सय ६ वटा फछ्र्यौँट गर्न बाँकी रहेको आज अदालतले जानकारी गराइएको हो । यसै गरी वितेको आर्थिक वर्ष २०७९– ०८० मा ६ सय ६३, आर्थिक वर्ष २०७८– ०७९ मा ७ सय ३०, आर्थिक वर्ष २०७७ –०७८ मा ६ सय ९, आर्थिक वर्ष २०७६ –०७७ मा ५ सय ८२ मुद्धा दर्ता भएको अदालतका रजिष्टार कर्मराज अधिकारीले जानकारी दिएका हुन् । अदालतमा २ वर्ष नाघेको मुद्धाको संख्या ८ रहेको छ । २ वर्षसम्म पनि फैसला नभएका मुघाहरु पनि रहेको भन्दै अदालतका मुख्य न्यायधीश नित्यानन्द पाण्डेले औपचारिक प्रक्रियामा विलम्व भएका कारण फैसलामा ढिलाई हुने गरेको जानकारी गराएका थिए। मुद्धाको तामेली, सुनुवाई, परिक्षण पैतिवेदन ९डिएनए टेष्ट० लगायतका प्राविधिक कारण ढिलाई भइरहेको समेत अदालतका मुख्य न्यायधीश पाण्डेले जानकारी गराएका हुन् । अदालतका मुख्य न्यायधीश पाण्डेले अदालतमा मुद्धाको संख्या बढेपनि न्यायधीश र कर्मचारीको संख्या नबढेको भन्दै गुणासो गरेका थिए । बढ्दो जनसंख्याका कारण मुद्धाको संख्या दिनानुदिन बढ्दै गएपनि सीमित कर्मचारीले काम गर्नु पर्ने भएकाले अदालतले गर्ने काममा ढिलाई भइरहेको बताएका थिए । यसै गरी अदालतले दिने सेवामा प्रभावकारिता ल्याउन प्रवाह गर्ने अनलाइन तारेख, अनलाइन बहस, डि सि एम पद्धति कार्यान्वयन जस्ता प्रविधिको व्यवहारिक रुपमा कार्यान्वयनमा ल्याउन समस्या भैरहेको बताएका थिए। प्रविधिको प्रयोग गर्न सकिएन भने मुद्धाको संख्या अत्यधिक बढेर जाने र फैसला भने कमै मात्रामा हुने भएकाले सम्पूर्ण सेवाग्राही र सेवाप्रदायक निकायलाई प्रविधिको प्रयोग गर्न न्यायधीश पाण्डेले सबैमा आग्रह गरेका थिए ।

