दाेर्ण के.सी.
दाङ २५ भदाै
लुम्बिनी प्रदेशमा  बाँकेकी निर्मला कुर्मीको मुख्य हत्या आरोपी वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले आज पदबाट रनजीनामा दिएका छन् । नेकपा (बहुमत) पाँच नम्बर ब्युरोले प्रदेश भर गत भाद्र १६ गते देखि विभिन्न संघर्षका कार्यक्रमहरु लाई अगाडि बढाएकै कारण कुर्मीले  राजीनामा दिएका हुन् ।


नेपाली कांग्रेसका बाँके क्षेत्र नम्वर (ख)बाट निर्वाचित सांसद बादसाह कुर्मी नेपालगन्ज कि निर्मला कुर्मीको  हत्याका मुख्य आरोपित हुन । हाल लुम्बिनी प्रदेश सरकारमा वन तथा बाताबरण मन्त्री रहेका मन्त्री कुर्मिलाइ गृहमन्त्रालयको सहसचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितीले दोषी किटान गरेको थियो ।

नेकपा पाँच नम्बर ब्युरो कार्यालयले जानकारी दिए  अनुसार  भाद्र २६ गते देखि मन्त्री बादसाह कुर्मीको सबै खाले सामाजिक कार्यक्रम बहिष्कार गर्ने , भाद्र  २७ गते देखि बादसाह कुर्मीलाई बाँकेमा र डिबि भनिने धन बहादुर केसीलाई रुकुम पुर्वमा प्रबेश निषेधित गर्ने , त्यस्तै भाद्र २८/२९ गते देखि डिबि भनिने धन बहादुर केसीलाई उन्मुक्ति  दिने न्यायाधीश लोक बहादुर हमाललाई बहिष्कार गर्ने , न्यायाधीश  हमालको घरमा कालो ब्यानर लगाउने र उनका कुकर्मको व्यापक भण्डाफोर गर्ने ,  भाद्र ३० गते न्यायाधीश लोक बहादुर हमाललाई कारबाहीका लागि न्याय परिषदमा मुद्दा दिने , भाद्र ३१ न्यायाधीश लोक बहादुर हमालको पुत्ला

दहान गर्ने लगाएका संघर्षका कार्यक्रमहरु सोमवार  नेपालगन्जबाट पत्रकार सम्मेलन गरेर तिव्रताका साथ अगाडि बढाउने पार्टीले  जानकारी दिएको  थियाे । नेपाली कांग्रेसकै रुकुम पुर्वबाट निर्वाचित सांसद डिबि भनिने धन बहादुर केसी श्रीमतीसँगको अंश मुद्दामा सरकारी कागजात  किर्ते गरेको अभियोगमा ३३ वर्ष पहिले अदालतले उनलाई दोषी ठहर गरेपछि उनी फरारको सूचिमा रहँदै आएका थिए। कागजात किर्ते गरेको अभियोगमा दोषी ठहर गर्दै रुकुम जिल्ला

अदालतले २०४८ सालमा फैसला गरी  एक वर्ष कैद दुई हजार जरिवाना तोकेको थियो। सांसद केसी भाद्र २३ गते आइतवार रुकुम पर्व जिल्ला अदालतलमा आत्मसमर्पण गरेका थिए । तर रुकुम पुर्व जिल्ला अदालतले फौजदारी अपराधसंहिता २०७४ को दफा १सय ५५ को सुविधा अनुसार १ वर्षसम्म कैद सजाय तोकिएका व्यक्तिले रकम जम्मा गरेमा जेल सजाय भोग्नु नपर्ने प्रावधान को प्रयोग गर्दै एक लाख नौ हजार दुई सय रुपैयाँ तिरेर रिहा  गरिदिएपछि आज पार्टीले  दाङको तुलसीपुरमा आयाेजना गरेकाे भष्ट्राचार बिरुद्ध जनएकता अभियान जनसंघर्ष समिति घाेषणा कार्यक्रम गरेलगत्तै लुम्बिनी प्रदेशमा  बाँकेकी निर्मला कुर्मीको मुख्य हत्या आरोपी वन तथा वातावरण मन्त्री बादसाह कुर्मीले आज पदबाट रनजीनामा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds