वडा स्तरिय खुला वक्तृत्वकला तथा लोक दोहोरी प्रतियोगिता सम्पन्न

Byदोर्ण के.सी.

१८ मंसिर २०८०, सोमबार १७:३९ १८ मंसिर २०८०, सोमबार १७:३९ १८ मंसिर २०८०, सोमबार १७:३९

दोर्ण के.सी.
कपुरकोट १८ मंसिर
लैगिङ्ग हिंसा विरुद्दको १६ दिने अभियान अन्तरगत वडा स्तरिय खुला वक्तृत्वकला तथा लोक दोहोरी प्रतियोगिता कार्यक्रम सोमबार कपुरकोट गाउँपालिका वडा नं ६ को वडा कार्यालयमा सम्पन्न भएको छ । वडा नं ६ का वडा अध्यक्ष श्यामकृष्ण बोहराको अध्यक्षता एंव कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यता तथा कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीको विशिष्ट सम्पन्न ृसो कार्यक्रम सम्पन्न भएको थियो । रेडियो कपुरकोट एफ एमका स्टेसन मेनेजर तथा पत्रकार सन्तोष घर्ति, खुला लोकदोहोरी प्रतियोगिताको मुल्यांकनकर्ताको रुपमा सन्तोष घर्ति र प्रकाश वली रहेका थिए भने खुला वक्तृत्वकलाको मुल्यांङ्कनको रुपमा गाउँपालिकाका प्रमुख प्रशासकीय

अधिकृत भरत कुमार वली, योजना तथा प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाही, प्राविधिक शाखा प्रमुख युवराज रेग्मी रहेका थिए। उक्त कार्यक्रममा खुला लोक दोहोरी प्रतियोगिता तर्फ प्रथम स्थानमा सरस्वती आ. वि. ढाँर, दृतिय स्थानमा जानकी आ. वि. डाग्री र तृतिय स्थानमा घरायसी खाद्दान्न समुह रहेको थियो भने खुला वक्तृत्वकला तर्फ प्रथम स्थानमा देवा नेपाली, दृतिय स्थानमा मिना बस्नेत र तृतिय स्थानमा नन्दा महतारा रहनुभएको हो । कार्यक्रममा भाग लिई प्रथम दृतिय र तृतित स्थान हासिल गर्ने समुहलाई प्रमाण पत्र र नगत सहित पुरस्कृत गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds