
काठमाडौ, २२ कात्तिक । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले, राहत वितरणको सम्पूर्ण जिम्मा स्थानीय तहलाई दिइएको बताएकाछन् । जाजरकोट सदरमुकाम खलङ्गा लगायतका क्षेत्रमा पुगेर स्थलगत निरीक्षण पछि उनले पालिकालाई राहत सामग्री उपलब्ध गराईने र वडा मार्फत वितरण गरिने बताएा हुन् । उनले राहत वितरणलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएकाछन्। भूकम्प प्रभावितको उद्धार सकिएको र अब सरकारले सम्पूर्ण शक्ति राहत वितरण र पुनःनिर्माणमा लगाउने उनले बताएका थिए । केही राहत सामग्री आइसकेको र थप राहत सामग्री आउने क्रममा रहेको जानकारी दिदैँ उनले वडाअध्यक्ष, वडा सदस्य र राजनीतिक दलको समन्वयमा राहत वितरणलाई प्रभावकारी र निष्पक्ष बनाइनेमा दिएका हुन्।
