बिहीबारसम्म भूकम्प क्षतिको विवरण सङ्कलन गर्न निर्देशन

Byदोर्ण के.सी.

५ मंसिर २०८०, मंगलवार १५:५४ ५ मंसिर २०८०, मंगलवार १५:५४ ५ मंसिर २०८०, मंगलवार १५:५४

दाङ ५ मंसिर । जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको बैठकले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पूर्ण विवरण पर्सिसम्म सङ्कलन गरिसक्न स्थानीय पालिकाहरूलाई निर्देशन दिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह समेतको सहभागीतामा बसेको बैठकले भूकम्पबाट भएको क्षतिको विवरण सङ्कलन गरि यथार्त विवरण पठाउन निर्देशन दिएको हो ।

बस्न मिल्ने र नमिल्ने घरको वर्गीकरण गरेर स्थानीय तहको विपद् व्यवस्थापन समितिबाट निर्णय गराई जिल्ला स्थित प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको विपद् व्यवस्थापन समितिलाई सिफारिस गर्न बैठकले निर्देशन गरेको हो । अहिले पठाएको विवरण स्पष्ट नभएको जनाउँदै बैठकले पूर्ण विवरण पठाउन स्थानीय तहलाई आग्रह गरेको हो । यस्तै सरकारी कार्यालयको क्षतिको विषयमा सरकारी कार्यालयलाई नै विवरण पठाउन आग्रह गरिएको छ । यसरी जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको बैठकले तय गरेको यस अभियानलाई सम्बन्धित पालिकाहरूले भेदभाब रहित डाटा संकलन गरेमा सेवा अपरिहार्य हुने पनि बैठकले सुझाव दिएको छ । यसका लागि सो क्षेत्रका सबै पालिकाद्वारा सञ्चालित वडाहरू सक्रियताका साथ लाग्न जरूरी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds