हापुरे, मंसिर २५ गते ।

लैङ्गिक हींसा अन्त्यकाे शुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने मुल नाराका हिजाे देखि बिश्वभर सुरु भएको ३२ ओै लैङ्गिक हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे बबई गाउँपालिकामा समापन गरिएको छ। प्रत्येक बर्ष नाेभेम्बर २५ देखि डिसेम्बर १० सम्म मानाईने याे दिवस यसबर्ष पनि बिबिध कार्यक्रम गरी मनाईएकाे छ।

गत मंसिर ९ गते बबई गाउँपालिकाकाे सभाहलमा उद्घाटन गरिएकाे कार्यक्रम अन्तरगत यसबर्ष पनि  बबई गाउँपालिका भित्रका सम्पूर्ण वडाका बिभिन्न स्थानमा संगिना संरक्षण मञ्चका कलाकारहरुले अभिनय गरेकाे जनचेतनामूलक सडक नाटक संगै अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न गरेपछि अभियानकाे आईतवार गाउँपालिकाकाे सभाहलमा समापन गरिएको गाउँपालिकाकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इश्वरा रावतले जानकारी दिनुभयाे ।

बबई गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समिति संयाेजक बम कुमारी खड्काकाे अध्यक्षता, बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीकाे प्रमुख  आतिथ्यता तथा बबई गाउँपालिकाका निवर्तमान उपाध्यक्ष सावित्रा विश्वकर्माकाे बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बबई गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष टेक बहादुर वली प्रवक्ता तथा वडा नम्बर ७ का वडाध्यक्ष तिलकराम भण्डारी,कार्यपालिका सदस्य नाेखी डाँगी, जेष्ठ नागरिक संघका जिल्ला सदस्य चन्द्र बहादुर वली, इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी प्रमुख अजय जंग थापा लगायतकाले बाेल्नुभएकाे थियाे ।

गाउँपालिकाकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाकाे आयाेजना तथा विभिन्न आधा दर्जन बढि संघसंस्थाकाे समन्वयमा सम्पन्न कार्यक्रममा संगिना संरक्षण मञ्च नेपालकाे जनचेतनामूलक सडक नाटकसमेत प्रस्तुत गरिएको थियाे । कार्यक्रमकाे सञ्चालन गाउँपालिकाकाे महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख इश्वरा रावतले गर्नुभएको थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds