




४-मंसिर/ दाङको बंगलाचुली गाउँपालिकाको बंगलाचुली लेकमा मंसिर ७ गते हुने भैलो महोत्सव व्यवस्थित रुपले सम्पन्न गर्न विभिन्न उपसितिहरु गठन गरिएको छ ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनमगरको अध्यक्षतामा आज बसेको गाउँ कार्यपालिका बैठकले महोत्वस व्यवस्थापन उप-समिति, प्रचारप्रशार उप-समिति, सुरक्षा तथा स्वंयसेवक उप-समिति, अतिथि सत्कार उप-समिति र मुल्याङ्कन समिति गठन गरेको हो ।
गाउँ कार्यपालिकाको बैठकले उपसमितिहरु गठन गरी विभिन्न व्यक्तिहरुलाई जिम्मेवारी समेत दिएको छ । जसअनुसार महोत्सव व्यवस्थापन उप-समितिका लागि वडा नम्वर ५ का अध्यक्ष लिला बहादुर घर्तीमगरको संयोजकत्वमा प्रेम डाँगी, डम्बर वैजाली पुन र यमलाल बुढालाई जिम्मेवरी दिईएको छ ।
