थर्कोट समाचारदाता
तुलसीपुर, ४ भदौ । दाङको तुलसीपुर– ७ मा रहेको कालाखोलामा मंगलबार दिउँसा आएको बाढीले घोराही तुलसीपुर सडक खण्ड अबरुद्ध भएको छ । आज मंगलबार आएको बाढीले यातायातका सवारी साधन आवतजावत बन्द भएको तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जीसीले जानकारी दिनुभएको हो । यसरी खोलाको कारणले सडक अबरूद्व भएपछि सवारी साधन सञ्चालनमा नआउँदा यात्रुहरु समस्यामा परेका थिए । उहाँका अनुसार पुलमाथीबाट आएको पानीले साना तथा ठुला सवारी साधन सञ्चालनमा आउन नसकेको र यात्रुहरू अलपत्र परेको बताउनुभएको थियो ।् पानी निरन्तर परिरहेकोले पानीको बहाब बढ्दै गएको छ । बर्खाको समयमा सुरक्षित भएर यात्रा गर्न वडा अध्यक्ष जीसीले सबैलाई अनुरोध गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds