दोर्ण के.सी.
तुलसीपुर,९ माघ ।
तुलसीपुर–१२ हरिपौरीमा रहेको पशुपति माध्यामिक विद्यालयले लामो समयपछि नयाँ नेतृत्व पाएकोछ । लामो समयदेखी व्यवस्थापन समिति विहनि रहेको पशुपति माध्यामिक विद्यालय हरीपौरीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा खगेन्द« अधिकारी चयन भएपछि विद्यालयले नयाँ नेतृत्व पाएको विद्यालयका प्राधानाध्यापक राधा चौधरीले जानकारी दिनुभएको हो । समितिको सदस्यहरुमा कमला आचार्य, गीता डाँगी र कुलबहादुर ओली चयन हुनुभएको छ ।यस्तै समितिको मनोनित सदस्यहरुमा कमल कुसुम आचार्य,किरण कुमारी खड्का,सूर्यबहादुर डाँगी(मेयर प्रतिनिधि) तथा शिक्षक प्रतिनिधिमा पुर्ण बहादुर ओली रहनुभएको छ।
यस अघि गठित समितीको अध्यक्षमा पनि अधिकारी नै अध्यक्ष रहनुभएको थियो ।अधिकारी अध्यक्ष रहेको समिति गठन गर्दा अभिभावक भेला, पहिलो र दोस्रो वैठक एकै मितिमा सम्पन्न गरेपछी उच्च अदालतमा अमृत बहादुर चौधरीले मुद्धा दायर गर्नुभएको थियो । चौधरीले दायर गरेको मुद्धामा स्थानीय नगर शिक्षा ऐन विपरीत निर्णय भएको भनि समिति वदर भएको थियो । ३ वर्षे कार्यकालका लागि गठन भएका समिति ३ महिनामै विघटन भएको थियो । नगर शिक्षा ऐन अनुसार अभिभावक भेला मार्फत ४ जना सदस्य चुन्ने व्यवस्था छ । अभिभावक भेला बसेको मितिले ७ दिनभित्र पहिलो वैठक बसीसक्नुपर्ने नगर शिक्षा ऐनमा व्यवस्था रहेको तुलसीपुर शिक्षा महाशाखाका प्रास मदन देवकोटाले जानकारी दिनुभएको थियो । उहाँका अनुसार पहिलो वैठकमा अध्यक्ष सहित मनोनीत सदस्यहरु चयन गरिन्छ । पहिलो वैठकवाट कुनै कारणवस चयन नभएमा अर्को बैठक बसेर निर्णय गर्न सकिने व्यवस्था छ । नगर शिक्षा ऐनमा वडा अध्यक्ष पदेन सदस्य र प्रधानाध्यापक सदस्य सचिव रहने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds