दोर्ण के.सी.
दाङ १८ भदौं ।

नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले मंगलकार दाङका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । पार्टीका प्युठानका जिल्ला सेक्रेटरी सजकको नेतृत्वमा कार्यकक्षमा गएर ध्यानाकर्षण पत्र बुझाएको हो । भाद्र १६ गते लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाईएको दुई बुँदे ज्ञापनपत्र कार्यन्वयनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) प्युठानका जिल्ला सेक्रेटरी सजकले बताउनुएको हो। गत १६ गते नेकपा बहुमत पाँच नम्बर व्युरोले लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पुर्व बाट निर्वाचित सांसद डिबि भनिने धन बहादुर केसीलाई कारबाहीको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाउदै जनप्रदर्शन गरेको थियो । रुकुम पुर्वबाट प्रदेश संसदमा निर्बाचित डिवि भनिने धन बहादुर केसीलाई सरकारी कागजात किर्ते मुद्दामा दोषी ठहर गर्दै रुकुम जिल्ला अदालतले २०४८ सालमा फैसला गर्दै एक वर्ष कैद दुई हजार जरिवाना तोकीएका ब्यक्ति अहिले सम्म फरार सूचीमा पर्दै आएका छन। मन्त्री बादसाह कुर्मी नेपालगन्ज कि निर्मला कुर्मीको वेपत्ता र हत्याका मुख्य आरोपित हुन । मन्त्री कुर्मिलाइ गृह मन्त्रालयको सह–सचिव हिरालाल रेग्मी नेतृत्वको छानबिन समितीले दोषी किटान गरेको हो। संसद केसी पक्राउ र मन्त्री कुर्मिलाइ बर्खास्तको माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण बुझाइएको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) प्युठानका जिल्ला सेक्रेटरी अम्मर खड्काले जानकारी दिनु भएको हो । पार्टीले राखेका मागहरु कार्यन्वयनका लागि यहि २० गते मशाल जुलुश र २१ गते देखि प्रदेश भरिमा सरकारी सवारी साधनमा रोक लगाउने पाँच नम्बर व्युरो कार्यालयले जनाएको छ । देशभर ञभष्टाचार बिरुद्ध जनएकता अभियान झ घोषणा गरको उक्त पार्टीले ५ नम्बर ब्युरोको कार्यतालिका अनुसार मंगलबार लुम्बिनी प्रदेश भरका प्रमुख जिल्ला अधिकारीलाइ ध्यानाकर्षण पत्र बुझाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds