काठमांडौ ७ पुस । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । खडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द हुने भएको हो । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने र डाइभर्सन बनाउन सम्भव नभएपछि यातायात नै रोकेर काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म १०ः४० बजेदेखि रोकिने छन् भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेदेखि रोकिने छन् । काठमाडौंबाट नारायणगढ जाने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म १०ः५५ बजेदेखि र मालवाहक सवारी सधान लेवाटारमा बिहान १०ः४५ बजेदेखि रोकिने उहाँले जानकारी दिनुभयो । यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । कार्यालयले चार घण्टासम्म रोकिएका सवारी कटाउँदा लामो समय ट्राफिक जाम हुन सक्ने भन्दै सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरेको हो ।
नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक चार घण्टा बन्द हुने
Byदोर्ण के.सी.
७ पुष २०८०, शनिबार ०४:५८ ७ पुष २०८०, शनिबार ०४:५८ ७ पुष २०८०, शनिबार ०४:५८
By दोर्ण के.सी.
सम्बन्धित पोस्टहरू
अन्तर - संवाद
कुराकानी
तुलसीपुर उपमहानगरपालिका
लुम्बिनी प्रदेश
वन र वातावरण
शिक्षा
समाचार
स्थानीय समाचार
तुलसीपुरमा वन दिवस २०८३ मनाइयो, युवा सहभागिता र दिगो वन व्यवस्थापनमा जोड
२५ श्रावण २०८३, सोमबार १६:१५ २५ श्रावण २०८३, सोमबार १६:१५ २५ श्रावण २०८३, सोमबार १६:१५
दोर्ण के.सी.
तुलसीपुर उपमहानगरको एम्बुलेन्स दुर्घटना, डेढ महिने शिशुको मृत्यु
२४ श्रावण २०८३, आईतवार ०९:२१ २४ श्रावण २०८३, आईतवार ०९:२१ २४ श्रावण २०८३, आईतवार ०९:२१
दोर्ण के.सी.
कर्णालीमा यात्रुवाहक गाडी दुर्घटना, उद्धार कार्य जारी
१८ असार २०८३, बिहीबार १२:३८ १८ असार २०८३, बिहीबार १२:३८ १८ असार २०८३, बिहीबार १२:३८
दोर्ण के.सी.
