दोर्ण के.सी.
तुलसीपुर ५ भदौं
दाङको तुलसीपुरबाट सन्चालित सयपत्री दोहोरी घरले एक कार्यक्रमको बिच तेस्रो बार्षिकोत्सव सम्पन्न गरेको छ । सयपत्री दोहोरी घरका अध्यक्ष दिपक वली को अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका वडा नं – ५ कि वडा सदस्य लालमती भण्डारीको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका न्यायिक समिति सदस्य बसन्ता के.सी.साथै बाध्यबाधक बच्चु कैलाश को विशिष्ट आतिथ्यता वार्षिकउत्सव सम्पन्न भएको हो । संस्थाका सदस्य रमेश जैसी को स्वागत मन्तव्य तथा राष्ट्रिय संगीतकर्मी संघ दाङ जिल्ला सदस्य मोती बि.कको स्वागत गीतबाट सुरू भएको सो कार्यक्रममा थर्कोट त्रैमासिकका प्रकाशक दोर्ण के.सी, राष्ट्रिय संगीतकर्मी संघ सल्यान जिल्लाका अध्यक्ष चूडामणि पि.एम., कलाकाकर खुमेन्द्र पुन मगर लगायतका अतिथिहरूको उपस्थिति रहेको थियो । सयपत्री दोहरी घरले समाजमा दुख अप्ठेरो परेका , सहयोगको अपेक्षा गरिरहेका व्यक्तिहरूलाई संस्थाले सहयोग गर्ने मुल उद्देश्य सहित आज भन्दा ३ वर्ष अघि तुलसीपुर बाट सन्चालित सयपत्री दोहोरी घर पछिल्लो समयमा पनि दिनदुखिहरूको साथमै रहेको सभाध्यक्ष दिपक वली ले बताउनुभएको थियो । उहाँले स्थापनाकालको ३ वर्ष भित्र सयपत्री दोहोरी घरले विभिन्न सहयोगी दाताहरूको सहकार्य एवम समन्वयमा करिव १ करोड बराबारको सहयोग गरेको अध्यक्ष दिपक वलीले बताउनुभएको थियो । हालसम्म संस्थाले कोरोना कालमा कालिकोट, जुम्ला लगायत दाङमा राहात वितरण गर्नुका साथै शान्तिनगर ३ मा एकजना को आवास निर्माण , तुलसीपुर १६ मा दुवै मृगौला पिडित हरिमाया बि.क को आवास निर्माण, क्यान्सर पिडित लोक बहादुर बि.क. लगायतलाई सहयोग गरिसेकेको सयपत्री दोहरी घरका सञ्चालक दिपक वलीले कार्यक्रम मार्फत बताउनुभएको हो । यस्तै जाजरकोटमा गएको भुकम्पको बेला पनि संस्थाले बिशेष पहल गर्दै लाखौँको सहयोग वितरण गरेको थियो ।कार्यक्रमको सहजीकरण संस्थाका सचिव भिम वली (एस.बी.) ले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds