थर्काेट समाचारदाता
दाङ, २९ माघ ।
दाङको तुलसीपुरमा खाना पकाउने क्रममा कपडामा सल्केको आगोले जलेर एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१९ संग्राम निवासी ६४ वर्षीया इश्वरी वलीको आगलागीबाट जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिएकाछन् । प्रहरी निरिक्षक राणाका अनुसार गत माघ २१ गते बिहान करिब ७ बजेतिर घरमै खाना पकाउने क्रममा वलीले लगाएको कपडामा आगो सल्किँदा उनी गम्भीर घाइते भएकी थिईन् । आगलागी हुँदा वलीको पेटदेखि घुँडासम्मको भाग जलेको थियो।
घटना लगत्तै तुलसीपुर स्थित चिनारी अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएकोमा त्यहाँ पनि उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौं पठाइएको थियो । तर, काठमाडौं पनि उपचार सम्भव नभएपछि काठमाडौंबाट सोमबार (माघ २८ गते) दाङ फर्काईएको थियो । दाङ ल्याएपछि वलीलाई फेरी तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । वलीको आज बिहान साढे सात बजेतिर उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव हाल राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds