दाङमा टिप्परको ठक्करबाट घाइते दुई जनाकै मृत्यु

Byदोर्ण के.सी.

३० मंसिर २०८०, शनिबार १२:१७ ३० मंसिर २०८०, शनिबार १२:१७ ३० मंसिर २०८०, शनिबार १२:१७

दाङ, ३० मंसिर ।
दाङमा टिप्पर र मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भिर भएका दुई जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी घाईते भएका प्युठानको झिम्रुक गाउँपालिका-४ बाङ्गेका १७ वर्षिय बिशाल जिसी र नौबहिनी गाउँपालिका ६ लुङका १८ वर्षका सागर केसीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही उपचारको क्रममा मृत्यु भएको हो ।

गएराती सवा १० बजेतिर घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही-१० झारबैरा चोकमा दुर्घटना भएको हो ।तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ प १३०७ नम्बरको टिप्पर र विपरित दिशाबाट आइरहेको रा २ प ५५८९ नम्बरको मोटरसाईकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी राम बहादुर केसीले जानकारी दिनुभयो । ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएको एसपी केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds