थर्काेट समाचारदाता
तुलसीपुर, १८ असार ।
तुलसीपुरमा मंगलबार खाेलाले बगाउँदा शशशएक महिलाकाे मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको गोठी खोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको हाे। यसरी इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । यसरी मृत्यु हुनेमा रानागाउँकी ५१ वर्षीय ताराकुमारी गुरुङ रहेक छिन् । उनलाई मंगलबार दिउँसो खोलाको छेउमा रहेको आफ्नै खेतको आली बनाउने क्रममा एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएकाे हाे । उहाँका अनुसार शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पतालमा राखिएको छ। दाङमा नियमित भएरहेको वर्षाका कारण खोलाहरुमा बाढी समेत आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds