तुलसीपुर, ८ श्रावन । दाङको तुलसीपुरमा स्कुटीको ठक्करबाट एक बालिका घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सल्यानको दार्मा गाउँपालिका–६ निवासी १४ वर्षीया सपना बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार तुलसीपुर–५ न्युरोडस्थित न्युरोडबाट पिपलबोटतर्फ आउदै गरेको लु.प्र. ००२–००१ प ०९२८ नम्बरको स्कुटीले पैद ल हिडिरहेकी सपनालाई आज दिउँसो पौने १ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकी बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको र स्कुटी चालक सल्यानको शारदा नगरपालिका–१४ का ४४ गोपाल बिकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
