दाङकाे तुलसीपुरमा शान्ती सुरक्षा मजबुद बनाउछु : डिएसपी पोख्रेल

Byदोर्ण के.सी.

१ आश्विन २०८०, सोमबार ०३:३३ १ आश्विन २०८०, सोमबार ०३:३३ १ आश्विन २०८०, सोमबार ०३:३३

थर्काेट समाचारदाता
तुलसीपुर १ भदौ ।  
सुनचाँदी ब्यवसायी संघको आयोजनामा  तुलसीपुरमा स्वागत तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ । ईलाका प्रहरी कार्यालय तुलसीपुरमा भखरै सरूवा भएर आउनु भएका कार्यालय प्रमुख डिएसपी ठाकुर प्रसाद पोख्रललाई एक कार्यक्रमका बिच स्वागत गरिएको हो । संघका अध्यक्ष हरिकृष्ण विकको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा बोल्दै डिएसपी पोख्रेलले तुलसीपुर क्षेत्रमा शान्ती सुरक्षालाई मजबुद बनाउने बताएका छन् । सुनचाँदी व्यवसायीहरु संग छलफल गर्दै उनले व्यवसायीहरुको सुरक्षाका लागि पनि विशेष ध्यान दिने उहाले बताएका थिए । सुनचाँदी व्यवसायीहरुका समस्या र गुनासो प्रति ध्यान दिदै उहाले समस्या समाधानका लागी आफु सधै सकारात्मक हुने बताएका थिए । साथै उनले नागरिक तथा व्यवसायीको शान्ति सुरक्षाका लागी निरन्तर लागि पर्ने बताउदै उनले कुनै अपराधिक गतिविधि भएको थाहा पाएमा प्रहरीलाई तत्काल सुचना दिन आग्रह समेत गरेका थिए ।

सो अवसरमा नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रिय सदस्य लोक बहादुर स्वर्णकार, नेपाल सुनचाँदी ब्यवसायी लुम्बिनी प्रदेश सदस्य मदन केसी, सुनचाँदी ब्यवसायी संघका सल्लाहकार जोगेन्द्र बिस्वकर्मा, संघका सदस्य लिला बहादुर वली, प्रहलाद शाह, मिनराज वलि लगाएतले आ-आफ्नाे धारणा राखेका थिए । संघका उपाध्यक्ष ईन्द्रबिर डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव तुल्सीराम सुनारले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds