




थर्कोट समाचारदाता
हापुरे, साउन २९ गते ।
दाङको बबई गाउँपालिकामा अधिकांस पसलहरू दर्ता बिना सञ्चालनमा रहेको बबई गाउँपालिकाले जनाएको छ । यसरी दर्ता बिना सञ्चालनमा रहेका पसलहरूमा दाङको बबई गाउँपालिका वडा नम्बर ७ को उल्का बजार र चरकमटिया क्षेत्रका अधिकांश पसलहरु दर्ता तथा नविकरण विना नै सञ्चालन भएको पालिकाले जनाएको छ। बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कडेलको नेतृत्वमा २८ वटा पसलहरुमा अनुगमन गर्दा अधिकांश पसलहरु दर्ता विना नै सञ्चालन भएको र दर्ता भएका पसलहरुले समेत नविकरण नगरेको पाइएको बबई गाउँपालिकाका प्रशासन शाखा प्रमुख तथा बजार अनुगमन समितिका सदस्य सचिव तेजेन्द्र घर्ती मगरले जानकारी दिएकाछन्। पछिल्लो समय गाउँपालिकाले बजार अनुगमन कार्यलाई तिब्रता दिएको बबई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेत नारायण कडेल बताएका छन् । अनुगमनका क्रममा केहि म्याद सकिएका सामाग्रीहरु समेत बिक्रीवितरण गरिरहेको पाइएको बताउदै प्रमुख प्रशासकीय अधिकृत पहिलो चरणमा ब्यबसायीहरुलाई यस्ता सामाग्री बिक्रीवितरण नगर्न सुझाव दिएको बताएका छन् । कडेलले बजार अनुगमनलाई निरन्तरता दिने बताउदै आगामी दिनमा यस्तो गरेको पाइएमा कार्वाहीको प्रकृया अगाडि बढाउने समेत बताएका थिए । बजार अनुगमनमा बबई गाउँपालिकाका स्वास्थ शाखा प्रमुख हरिबहादुर खड्का, पसु शाखा प्रमुख श्यामप्रकाश चौधरी, योजना शाखा प्रमुख अरुण कुमार केसी, कृषि शाखा प्रमुख दिपेन्द्र डाँगी, पञ्जिकरण शाखा प्रमुख बालकृष्ण पाण्डे, असिस्टेन्ट सव इन्जिनियर हिरालाल वली र कमल बोहरा इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी नायव निरीक्षक कमल वली लगायतको उपस्थिति रहेको थियो ।







