तुलसीपुर -३ दमारगाउँमा चाेरकाे बिगबिगी

Byदोर्ण के.सी.

१२ कार्तिक २०८२, मंगलवार ०३:११ १२ कार्तिक २०८२, मंगलवार ०३:११ १२ कार्तिक २०८२, मंगलवार ०३:११

थर्काेट समाचारदाता
तुलसीपुर ११ कार्तिक
तुलसीपुर उपमहानगरपालिका -३ दमारगाउँ तथा डाँडाखुट्टीमा चाेरकाे बिगबिगी बढेको छ । यसअघि तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँका ४ घरमा मानिसहरु काेही नभएकाे बेलामा घरमा पसेर चाेरी गरेकाे स्थानीयबासीहरुले बताएका थिए । ती घरहरुमा चाेरी भएको केही समय बित्न नपाउँदै फेरि सरस्वती माध्यामिक विद्यालय तुलसीपुर उपमहानगरपालिका -३ दमारगाउँ स्कुलमा पनि चाेरी भएको छ । विद्यालयमा विजयादशमी, शुभ दिपावली, छठ पर्वकाे अबसरमा विद्यालय बन्द भएको अबस्थामा चाेरी

भएकोले कसले कतिबेला चाेरेकाे भन्ने कुरा खुल्न सकेकाे छैन् । चाेरी भएको जानकारी विद्यालयकी शिक्षीका कमला मेडम र कर्मचारीले विद्यालयका प्रधानाध्यापक जंगबिर के.सीलाई जानकारी गराएपछि मात्र चाेरी भएको कुरा थाहाभएकाे थियाे । पछि विद्यालय व्यवस्थापन समिति

गाउँका बुद्धिजीवी र अस्थाई प्रहरी चाैकी बेलुवाका असई प्रकाश नेपालीकाे अगुवाइमा आएकाे टाेली लगायतको टाेली चाेरी भएको ठाउमा पुगेकाे थियाे । साे ठाउँमा निरीक्षण गर्दा चाेरले विद्यालयकाे अफिस काेठा तथा लेखापालकाे काेठाकाे ढाेका फाेरेर विद्यार्थीहरूद्वारा ७ वटा भुर्कीमा जम्मा गरेकाे पैसा फाेरेर लगेकाे पाईएकाे थियाे भने साेही ठाउँमा किताब बालेर आगाे समेत तापेकाे पाईएकाे थियाे । चाेरले साेही ठाउमालएउटा ज्यनकेट पनि छाेडेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds