









थर्कोट समाचारदाता
तुलसीपुर, १ फागुन ।
दाङको तुलसीपुरमा आजदेखि सुरु भएको तुलसीपुर महोत्सवको सुरक्षा समितिबाट मञ्जित बाँठाले राजीनामा दिनुभएको छ । सुरक्षा जस्तो संवेदनशील कुरामा महोत्सव मूल आयोजक समितिले कुनै चासो नदिएका कारण आफुले राजिनामा दिएको सुरक्षा समितिका संयोजक बाँठाले जानकारी दिनुभएको हो । मेला, महोत्सवको सुरक्षाको चाँजोपाँजो मिलाउनु भनेको निकै चुनौति पूर्ण काम हो । हजारौँ दर्शकहरू मेला अवलोकन गर्न आउँछन् । नागरिकको जनधनको सुरक्षा देखि त्यहाँ भएका सबै सामानको सुरक्षाको व्यवस्था मिलाउनु पर्ने हुन्छ । यसका लागि नेतृत्वले न बजेटको व्यवस्था गरेको छ नत सुरक्षा रणनीतिक योजना बनाएको छ । यस्तो अवस्थामा काम गर्ने वातावरण नभएपछि राजीनामा दिएको हुँ ।’ बाँठाले भन्नुभयो । मेला सुरु हुँदा समेत पनि स्थानीय प्रशासनसंग आयोजकले कुनै समन्वय नगरेको बताउँदै बाँठाले सुरक्षाकर्मीदेखि स्वयमसेवक परिचालनको विषयमा ठोस छलफल नहुँदा सुरक्षा चुनौति थपिएको उहाँले बताउनुभएको थियो । तुलसीपुर चेम्बर अफ कमर्सका उपाध्यक्ष समेत रहनुभएका बाँठालाई केहि सयम अघि रात मूल आयोजक समितिले सुरक्षा र बाल उद्यानको जिम्मेवारी दिएको थियो ।


