थर्काेट समाचारदाता
दाङ, ६ भदौ ।
तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले दुईजनालाई सल्लाहकारमा मनोनित गरेको छ ।संस्थाले कार्यसमितिको निर्णयअनुसार थप दुईजना सल्लाहकारमा मनोनित गर्ने निर्णय भएपछि प्रतिष्ठित व्यवसायी गोरख ओली र कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता विष्णुमणि धिताललाई औपचारिक रूपमा नियुक्त गरेको हो ।
संस्थाले जम्मा पाँच जना सल्लाहकार मनोनित गर्ने निर्णय गरेपनि हालसम्म चार जनालाई मात्र मनोनीत गरिएको संस्थाले बताएको हाे । अब पूर्व अध्यक्षतर्फबाट एक जना

सल्लाहकार मनोनित गर्न बाँकी रहेको संस्थाले जनाएको छ । यसअघि प्रमुख सल्लाहकारमा जनक प्रसाद खरेल, कानुनी सल्लाहकारमा वरिष्ठ अधिवक्ता मोहन धिताललाई मनोनीत गरेको हाे । तर अस्वस्थताका कारण कानुनी सल्लाहकार धितालले आफुले जिम्मेवारी बहन गर्न नसक्ने जानकारी गराएपछि उहाँको अनुरोधलाई स्वीकार गर्दै कानुनी

सल्लाहकारमा विष्णुमणि धिताल र सल्लाहकारमा गोरख ओलीलाई मनोनीत गरिएको हो । बिहीबार एक औपचारिक कार्यक्रमका बिच संस्थाका सल्लाहकार जनकप्रसाद खराल, अध्यक्ष यमकान्त भण्डारी, उपाध्यक्ष नारायण प्रसाद शर्मा, सचिव भुवन भुसाल लगायतले नव–नियुक्त सल्लाहकारहरूलाई प्रमाणपत्र सहित मनोनीत गर्नुभएको हो । नियुक्त सल्लाहकारहरूले संस्थाको विकास र हितका लागि पारदर्शी ढंगले आफ्नो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियाे । यसैबीच, संस्थाले हरितालिका तीजलाई लक्षित गर्दै तीज मिलन कार्यक्रमको पनि आयोजना गरेको थियो । कार्यक्रममा संस्थासँग आबद्ध पदाधिकारी, कार्यसमिती तथा कर्मचारीहरूको उल्लेख्निय सहभागिता रहेको थियो ।#tharkotonline.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds