दोर्ण के.सी.
तुलसीपुर, ५ कात्तिक । दाङको तुलसीपुरमा दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । दलित महिला संघ दाङको आयोजना तथा एफ.जे.एस. फाउण्डेसनको सहयोगमा समग्र विकासमा अवरोध, जातीय तथा लैंगिक विभेद भन्ने अवधारणका साथ सोमबार तुलसीपुर, शान्तिनगर र दंगीशरणका दलित महिला जनप्रतिनिधि र सञ्चारकर्मी बीच अन्तरकृया भएको हो । सो अवसरमा दलित महिला जनप्रतिनिधिले वडामा आफ्नो कुराको खासै सुनुवाइ नहुने गरेको बताएका छन् । विगतको तुलनामा अहिले दलितलाई हेर्ने दृष्टिकोणमा केही परिवर्तन भएपनि अपेक्षाकृत रुपमा सुधार हुन नसकेको उनीहरूको भनाई छ । निर्वाचित भएको पहिलो वर्ष केही थाहा नपाउँदा वडा अध्यक्षकै भनाइलाई स्वीकार

गरी अगाडि बढ्न बाध्य भएपनि अहिले धेरै कुराको जानकारी भइसकेको वडा सदस्यहरुले बताएका छन् । आफुहरुको पहलमा धेरै विकास निर्माणका कामहरू भएको उनीहरूले बताएका थिए । दलित महिला सङ्घले पनि दलित महिला जनप्रतिनिधिहरूको क्षेमता विकासका लागि महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको उनीहरूले बताएका छन् । विशेषगरी दलित महिला जनप्रतिनिधिहरूले काम गर्दा देखिएका चुनौती, अहिलेसम्म गरेका राम्रा कामहरु र आगामी योजनाका बारेमा जानकारी गराउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको दलित महिला संघ दाङकी अध्यक्ष युवा कराराले बताउनुभएको थियो । वडामा दलित महिला वडा सदस्यको पहुँच नहुने र दलित जनप्रतिनिधिलाई हर्ने दृष्टिकोण फरक रहेकाले

यसका बारेमा सचेतना फैलाउदै आएको उहाँले बताउनुभएको थियो । विगतमा दलितमा नाममा थोरै वडाले मात्रै बजेट छुट्याउने गरेकोमा अहिले दलित महिला जनप्रतिनिधिहरूको सक्रियतामा अधिकांश वडाहरुले दलित लक्षित बजेट विनियोजन गर्न बाध्य भएको उहाँको भनाई छ । सो अवसरमा बोल्दै पत्रकार ओपेन्द्र बस्नेतले भौतिक विकास मात्रै नभएर मानवीय विकासलाई प्राथामिकता दिन दलित महिला वडा सदस्यहरुलाई आग्रह गर्नुभएको थियो । विकासका काम क्रमिक

रुपमा आफै हुँदै जाने भन्दै सबैभन्दा पहिले दलित समुदायका बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन तर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै दलित पत्रकार संघ दाङका अध्यक्ष गिरिराज नेपालीले पनि दलित समुदायका धेरै बालबालिकाहरू विद्यालय बाहिर रहेको बताउनुभयो । यसमा दलित महिला वडा सदस्यहरुले आ–आफ्नो वडामा रहेका यस्ता बालबालिकाहरूको पहिचान गरी पठनपाठनको व्यवस्थापनमा जोड दिनुपर्ने उहाँले बताउनुभयो । अन्तरकृया कार्यक्रममा तुलसीपुर सहित दंगीशरण र शान्तिनगरका दलित महिला जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds