तुलसीपुरमा जीप दुर्घटना चालक सहित १५ घाइते

Byदोर्ण के.सी.

२६ कार्तिक २०८०, आईतवार १२:०२ २६ कार्तिक २०८०, आईतवार १२:०२ २६ कार्तिक २०८०, आईतवार १२:०२

तुलसीपुर, २६ कात्तिक । दाङको तुलसीपुरमा जीप दुर्घटना हुँदा चालकसहित १५ जना घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर ३ का ३५ वर्षीय अम्मर बस्नेत, तुलसीपुर ३ कै राम्रीकी ४५ वर्षीया अमृता थापा, सोही ठाउँकी २३ वर्षीया टिका कुमारी राना, सोेही वडाको सिद्दधाराकी धन कुमारी घर्ती, कल्लेका पुष्प बोहरा, कल्लेकै २५ वर्षीय सुवास पुन, ५ वर्षीय निश्चल पुन, टुनापानीकी २२ बर्षीया रेजिना पुन, ३ बर्षीया आकृती पुन, ४२ वर्षीय नर बहादुर थापा, शान्ती पुन, राम्रीकी ४० वर्षीय कमला घर्ती, सल्यान कपुरकोट गाउँपालिका ३ धैरेनीकी १७ बर्षीया सुस्मिता बोहरा र कपुरकोट ४ धनबाङका २३ वर्षीय करण बोहरा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिएकाछन् ।

उनका अनुसार तुलसीपुर ३ को कल्ले सातबासबाट तुलसीपुरका लागी छुटेको रा १ ज ४६१ नम्बरको यात्रुबहाक जिप आज बिहान तुलसीपुर ४ मा रहेको सहकारी पेट्रोल पम्प नजिकै अनियन्त्रित भई सडकमै पल्टिएर दुर्घटना भएको हो । घाईते सबैको अवस्था सामान्य रहेकाले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछी सबै डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ । जिप चालक तुलसीपुरका सुक बहादुर घर्ती पनि सामान्य घाइते भएको प्रहरीको भनाई छ । चालकले भर्खरै मात्रै सवारी चालक अनुमती पत्र लाइसेन्सको लागि ट्रायल पास गरेको सुन्नमा आएपनि साथमा भने नभएको प्रहरीले जनाएको छ । अहिले जिप अस्थायी प्रहरी चौकी गोटीखोलाको नियन्त्रणमा रहेको भन्दै ट्राफिक नियमाअनुसार कारवाही गरेर छाडिने प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds