देउसीभैलो खेल्नेलाई ५ सय एक रुपैयाँ भन्दा धेरै दक्षिणा नदिन प्रशासनको सुझाव

Byदोर्ण के.सी.

२६ कार्तिक २०८०, आईतवार १३:२५ २६ कार्तिक २०८०, आईतवार १३:२५ २६ कार्तिक २०८०, आईतवार १३:२५

रुपन्देही, २६ कात्तिक ।  रुपन्देहीमा देउसीभैलो खेल्न आउनेलाई पाँच सय एक रुपैयाँभन्दा धेरै दक्षिणा नदिन प्रशासनले आग्रह गरेको छ । तोकिएको भन्दा धेरै दक्षिणा दिएमा, जुवातास खेलेमा, पटका बेचबिखन र पड्काउने काम गरेमा कानुनअनुसार कारबाही गर्ने प्रशासनले जनाएको छ । देउसीभैलो राती १० बजेसम्म मात्रै खेल्न पाइने भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार तिहारलाई मर्यादित, शान्तिपूर्ण र भयरहित बनाउनका लागि प्रशासनले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने निर्णय गरेको हो । त्यस्तै तिहारका बेला हुने प्लास्टिकका फूलमालाको उत्पादन, आयात तथा बिक्री वितरणमा पनि रोक लगाएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds