तुलसीपुर उपमहानगरपालिका -९ नम्बर वडामा अटाे दुर्घटना भएको छ । तुलसीपुर -३ डाँडाखुट्टीबाट तुलसीपुर तर्फ जाँदै गरेकाे अटाे तुलसीपुर -९ चुलुसेमा दुर्घटना भएकाे हाे । बाटोमा बिपरीत दिसाबाट हिंडीरहेकाे कुकुरलाई जागाउने क्रममा रा १ ह ४७०९ नम्बरकाे अटाे दुर्घटना भएको हाे । ५ जना सवार रहेकाे साे अटाेमा ३ जना सामान्य घाईते भएकाछन् । भने अटाे अस्थाई प्रहरी चाैकी बेलुवामा रहेकाेछ भने घाइतेकाे राप्ती प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ । भने घाइते हुनेमा तुलसीपुरको डाडँखुटी बस्ने २१ वर्षीया कल्पना वली, सोही ठाउँ निवासी २२ वर्षीय तिलक केसी र १८ वर्षीय सविन केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभएको छ ।
