


तुलसीपुर, २८ कात्तिक । तुलसीपुर उपमहानगरपालिका ११ नम्बर वडाले तिहारमा बिक्री नभएका फुल चलन चल्तीमा खरिद गर्ने भएको छ । तिहारलाई लक्षित गरेर किसानहरूले वडा भित्र व्यवसायीक रुपमा लगाएको फुल बिक्री नभएमा खरिद गर्ने वडा अध्यक्ष मानबहादुर रावतले बताएका हुन्। उक्त खरिद गरिएका फुलहरू वडाका विभिन्न स्थानमा सजावटका लागि प्रयोग गरिने अध्यक्ष रावतले बताए । स्वदेशमा केही गरौँ भन्ने सोँचका साथ फुलको व्यवसायीक उत्पादनमा लागेका किसानहरूलाई प्रवर्द्धन गर्न र अफ्ठेरोमा वडा सरकार भएको अनुभूति गराउन वडाले यस्तो निर्णय गरेको उनले बताए । तिहारलाई लक्षित गरेर आधिकांश किसानहरूले हजारी र मखमली फुलको उत्पादन गरेका छन् । त्यसका लागि किसानहरूले तिहार लगत्तै सबै विवरण खुल्ने गरि वडामा निवेदन दिनुपर्ने छ । तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ११ अन्तर्गतका कृषकहरू जसले व्यवसायीक रुपमा फुल खेती गर्दै आएकाछन् ।,जति बिक्छ बिक्छ, बिक्न बाँकि रहेका फुल तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर ११ को कार्यलयले चलनचल्तीको मुल्यमा खरीद गर्ने जानकारी गराउँछु । उक्त फुल ११ नम्बर वडाका विभिन्न ठाउँमा सजावट गरिनेछ ।’ वडा अध्यक्ष रावतले सामाजिक सञ्जाल फेसबुकमा समेत लेखेकाछन् ।
