









कृष्ण के.सी.
तुलसीपुर, २९ भदौ ।
दाङको टरिगाउँ विमानस्थलमा अब मङ्गलवार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रवार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलवार पनि उडान हुने भएको नेपाल वायुसेवा निगमका दाङ प्रमुख बलबहादुर सुनारले जानकारी दिनुभएको थियो । उहाँका अनुसार अब शुक्रवार दिउँसो १२ बजे र मङ्गलवार दिउँसो २ बजे उडान भर्नेछ । दसैँ तथा तिहारलगायतका चाडपर्वलाई लक्षित गरी उडान बढाइएको हो ।


