



थर्काेट समाचारदाता
तुलसीपुर २८ असार
ज्ञान जागरण मञ्च नेपाल तुलसीपुर दाङले शनिवार एक कार्यक्रमकाे आयोजना गरि बालबालिकालाई लक्षित गर्दै एक दिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।
ज्ञान जागरण मञ्चका अध्यक्ष लिलाधर नेपालीकाे अध्यक्षतामा सम्पन्न साे कार्यक्रममा “बाल अधिकार, बाल श्रम शोषण र लागुपदार्थ दुर्व्यसन” भन्ने मुल नाराका साथ तुलसीपुर ५ स्थित रामनगर टोल विकास संस्थाको भवनमा सम्पन्न साे कार्यक्रममा साथै, १५० जना बालबालिकाहरूले कार्यक्रमबाट प्रत्यक्ष लाभ लिएका थिए।

तुलसीपुरकाे नयाँ बसपार्कदेखि दक्षिण र पश्चिम क्षेत्रमा पर्ने सितानगर टाेल बिकास संस्था, ज्ञानज्योति मार्ग टाेल बिकास संस्था , सुन्दरनगर टाेल बिकास संस्था , शान्तिनगर टाेल बिकास संस्था, रामनगर टाेल बिकास संस्था नवशृजना टाेल बिकास संस्था, अम्बिकेश्वरी टाेल बिकास संस्था र सम्झना टाेल बिकास संस्था गरि १० वटा टोल विकास संस्थाका अध्यक्षहरू, टोलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। बाल अधिकार, बाल श्रम तथा लागुपदार्थ दुर्व्यसनसम्बन्धी महत्वपूर्ण जानकारी तथा चेतनामूलक प्रस्तुती प्रशिक्षकको रुपमा सहायता केन्द्र नेपालकी सचिव तथा बाल अधिकारकर्मी मुना बिकले दिनुभएको थियो।

प्रशिक्षक निःशुल्क रुपमा उपलब्ध गराएकोमा ज्ञान जागरण मञ्चले सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज सेन्चुरीलाई विशेष धन्यवाद अर्पण गरेको थियाे ।साे कार्यक्रममा बालबालिकामाझ सचेतना फैलाउनुका साथै अभिभावक तथा टोलस्तरका नेतृत्वकर्ताहरूलाई पनि जिम्मेवारीबोध गराएको आयोजक संस्थाले जनाएको हाे । संस्थाका सदस्य करण परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव भिमराज अधिकारिले गरेका थिए ।

