चाडवाडको समयमा हुने महंगी र कालोवजारी नियन्त्रणको माग गर्दै नेकपा बहुमत) दाङले  बुझायो ज्ञापनपत्र

Byदोर्ण के.सी.

१८ आश्विन २०८१, शुक्रबार ११:४९ १८ आश्विन २०८१, शुक्रबार ११:४९ १८ आश्विन २०८१, शुक्रबार ११:४९

दाेर्ण के.सी.
दाङ १८ असाेज
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले दाङ जिल्लामा वित्तीय आतंक रोक्न र मिटर ब्याजिलाई कारवाहीको गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल लाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार जिल्ला पार्टी सेक्रेटरी अमर खड्का नेतृत्वको टोलिले ज्ञापनपत्र बुझाएको हो ।चाडबाडको महंगीले छाकबास जोगाउन नसक्ने गरि पिल्सिएका जनताहरु राज्य खोजिरहेका र राज्य नभेटिएको कुरा ज्ञापनपत्रमा उल्लेख छ।जनताको दु:खमा राज्य रमिते बनेको साथै केही मुठ्ठीभर मान्छेको कब्जामा राज्य र राज्य संयन्त्रहरु रहेको कुरा समेत पत्रमा उल्लेख गरेको छ। राज्य जनताको नभएको हुदा जनताले पटकपटक दुख पाएको कुरा जिल्ला सेक्रेटरी अमरले बताउनु भयो।अहिले आफ्नो पार्टी जनताको राज्य सत्ता बनाउनकै लागि निरन्तर संघर्षमा रहेको कुरा समेत बताउनु भएको छ । साथै राज्य दोहन गरिरहेका धमिराहरु , दलाल तस्कर, भष्टाचार , कालोबजारी सुदखोर र आर्थिक आतंकका बिरुद्ध नेकपा बहुमतले भष्टाचार बिरूद्व जनएकता अभिया तीब्ररूपमा संचालन गरिरहेको कुरा प्रमुख जिल्ला अधिकारीलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।यसता छन् नेकपा बहुमत दाङ जिल्लाले प्रमुख जिल्ला अधिकारीलाई राखेका मागहरु :
१) सिमा सवारी साधन, होटल रेस्टुरेन्ट लगाएत अन्य उपभोग्य सरसामान किनमेल गरिने ठिगी,पाकेटमार, ज्यादती , लुटपाट नियन्त्रण गरियोस ।
२) गुणस्तरहीन तथा अखाद्य बस्तुको बिक्रि बितरण तथा उपभोगमा रोक लगाईयोस ।
३) कालोबजारी नियन्त्रणका लागि ब्यापक बजार अनुगमन गरी कारवाहीको दायरामा ल्याईयोस ।
४) चाडवाडका नाममा हुने जुवातास, जाँडरक्सी लगाएतका सामाजिक हिंसालाई कडाई गरियोस ।
५) विभिन्न प्रकृतिका चोरी तस्करी , नदिनाला दोहोन लगाएतको कडा नियमन तथा नियन्त्रण गरियोस । अबैध क्रसर बन्द गरियोस ।
६) बित्तिय आकंक रोक्न ठोस कदम चाल्नु पर्ने र मिटरब्याजिलाई कारवाही गरियोस ।
७)दुषित मनसायका चेक तथा तमसुक खारेज गरियोस।
८) सरकारी कार्यालय तथा कर्मचारीलाई अनिबार्य स्वदेशी उत्पादन प्रयोग गर्न नीति बनाईयोस ।
९) बैंक तथा बित्तीय संस्थालाई एक अंक र स्थिर व्याजदरमा कायम गर्नुका साथै जनताको जग्गा जमिन घरबास लिलाम नगर्न कडा प्राबधान राखियोस ।
१०) लागुअौषधको किन बेच र प्रयोग कडाई गरि कारवाही गरियोस ।
११) चाडवाड लक्षित गरि सडक ,सवारी साधन र सवारी चालकलाई ब्यबस्थीत गरियोस।
१२) क्षमता भन्दा बढी यात्रु राख्ने , मापसे गर्ने , नियम भन्दा बढी भाडा लिने , तिब्र गतिमा चलाउने लगाएतका क्रियाकलाप रोकियोस ।
१३) करछली , भन्सार चुहावट , न्युनबिजिकरण , गलत जाँचपास गर्नेलाई कारवाही गरियोस। लगायतकादमागहरु रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds