



थर्काेट समाचारदाता
तुलसीपुर १९ पुस ।
दाङको तुलसीपुरमा जारी ‘प्रथम तुलसीपुर महोत्सव’मा आज चर्चित लोकदोहोरी गायक शक्तिकप चन्द को विशेष प्रस्तुति रहने भएको छ। प्रचारप्रसार समितिका संयोजक तिलकराज ओलीका अनुसार महोत्सवमा आज पुस १९ गरेको प्रमुख आकर्षणका रूपमा शक्तिकप चन्दको साङ्गीतिक प्रस्तुति रहनेछ । यसैगरी शुक्रबार तुलसीपुर महोत्सव उत्साहपुर्ण भएको आयोजक संस्थाका महासचिव तथा सचिवालय व्यवस्थापन उपसमिति संयोजक भद्र बहादुर वलीले थर्काेट डट कमलाई जानकारी दिनुभएको छ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि सञ्चालित यस महोत्सवमा दैनिक रुपमा दर्शकको उल्लेख्य सहभागीता हुने गरेको महोत्सव मूल आयोजक समितिका संयोजक लाल बहादुर केसीले जानकारी दिनुभएको हाे । महोत्सव मूल आयोजक समितिका संयोजक लालबहादुर केसीका अनुसार कलाकारहरूको प्रस्तुतिले दर्शकको आकर्षण बढाउँदा व्यापारिक गतिविधिमा समेत सकारात्मक प्रभाव परेको छ ।
