दोर्ण के.सी.
तुलसिपुर,१५ मंसिर ।
तुलसिपुर उपमहानगरपालीका वडा नं ७ को गणेशपुर क्षेत्रमा आज (शुक्रबार) ज्येष्ठ नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परिक्षण गरिएको छ । प्रसेनी नगर स्वास्थ्य केन्द्र र तुलसिपुर उपमहानगरपालिका वडा नं ७ को संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । यसरी घरमै स्वास्थ्य सेवा पाएपछि ज्येष्ठ नागरिकहरू खुशीले रमाएकाछन् । ज्येष्ठ नागरीक समाजको ऐना रहेको भन्दै बुढेसकालमा देखिने स(साना समस्या घरमै समाधानका लागि स्थानिय सरकारले घरदैलो कार्यक्रम गर्न समन्वय गरेको वडा नं ७ का अध्यक्ष राम बहादुर जिसीले बताएकाछन् । सामान्य समस्या लिएर नियमीत रूपमा अस्पताल पुग्न नसकेका ज्येष्ठ नागरिकको नियमीत चेकजाँच तथा स्वास्थ्य स्थिती बुझ्न प्रसेनी नगर स्वास्थ केन्द्रका ईन्चार्ज बासुदेब चौधरीको नेतृत्वमा स्वास्थ्यकर्मी तथा , वडा अध्यक्ष राम बहादुर जिसी सहित जनप्रतिनिधिको टोलि घरमै पुगेपछि ज्येष्ठ नागरीक खुशि देखिन्थे ।अभियानको पहिलो दिन गणेशपुर क्षेत्रमा रहेका १० जना ज्येष्ठ नागरीकलाई स्वास्थ्य परिक्षण तथा परामर्श प्रदान गरिएको प्रसेनी नगर स्वास्थ्य केन्द्र ईन्चार्ज बासुदेब चौधरीले जनाएकाछन् । चौमासिक रूपमा घरदैलोमा ज्येष्ठ नागरीकका समस्या बुझ्न जाने कार्यक्रम अन्तर्गत बल्डप्रेसर जाँच तथा बाह्य रूपमा प्रत्यक्ष देखिने समस्याको पहिचान तथा उपचारका लागि परामर्श दिने गरेको चौधरीले बताएका हुन् । यो अभियान वडा भित्रका अन्य स्थानमा पनि सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds

This will close in 0 seconds