









दोर्ण के.सी.
दाङ १५ माघ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय तुलसीपुरले चामल र चीनीको विक्रि मूल्य घटाएको खाद्य कम्पनीले जनाएको छ । चामलमा प्रति बोरा ७५ रुपैंया र चीनीमा प्रति किलो ५ रुपैंका दरले मूल्य घटाएको खाद्य कम्पनीले जनाएको हो । मूल्य घटेसंगै कम्पनीले २५ किलोमा प्रतिबोराको मूल्य दुई हजार १ सय ७५ मा विक्रि गरिरहेको कार्यालयका प्रमुख तिलक सुनारले जानकारी दिनुभएको थियो । यसअघि खाद्य संस्थानले स्टिम जिरा मसिनो चामल प्रति बोराको मूल्य दुई हजार २ सय ५० रुपैंयामा विक्रि गदै आएको थियो । अहिले प्रति बोरामा ७५ रुपैंयाले मूल्य घटाएको कार्यालय प्रमुख सुनारले दिनुभएको हो । बजारमा अहिले स्टिम जिरा मसिनो चामलको अत्यधिक माग रहेको उहाँले जानकारी गराउनु भएको छ । उपभोक्ताहरुको मागलाई सम्बोधन गरेर चामलको मूल्य घटाएको कार्यालय प्रमुख सुनारले जानकारी दिनुभएको हो । यस्तै खाद्य संस्थानले चिनीको मूल्य पनि प्रति किलो ५ रुपैंयाका दरले घटाएको छ । प्रति किलो १०५ रुपैंयामा विक्रि गदै आएको चिनी अहिले प्रति किलो एक सय रुपैंयामा विक्रि भइरहेको कार्यालय प्रमुख सुनारले बताउनुभएको हो।


