खसी कपको जित राप्ती किङ हातमा

Byदोर्ण के.सी.

३० भाद्र २०८०, शनिबार १५:२९ ३० भाद्र २०८०, शनिबार १५:२९ ३० भाद्र २०८०, शनिबार १५:२९

लक्ष्मण बस्नेत
तुलसीपुर ३० भदौ
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर फेलोसिप खसी कप भलिबलको बिजेता बनेको छ ।फेलोसिप लाहुरे ट्रेनिङ सेन्टर तुलसिपुर ५ ले आयोजना गरेको प्रतियोगिताको आज सनिवार सम्पन्न फाईनल खेलमा हेलो मोबाईल सेन्टर तुलसिपुर लाई २६(२८,२१(२५, २५(२१,२५(१७ र १५(११ अर्थात ३(१ को सेटमा पराजित गर्दै राप्ती किङ बिजेता बनेको हो ।
राप्ती किङ भलिबल प्रशिक्षण केन्द्र तुलसीपुर ६ को खेल मैदानमा भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा बिजेता बनेको राप्ती किङ ले २५ हजार बराबरको खसी तथा मेडल पुरस्कार हात पार्दा हेलो मोबाईल उपबिजेतामा सिमित रहदै मात्र मेडलमा चित्त बुझाउन बाध्य भएको आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु ऎरिले जानकारी दिएका छन ।
भदौ २८ गते देखि सुरु भएको प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो । यसैबिच बिजेता टिम तथा खेलाडी लाई आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु ऎरि,दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत,तेक्वान्दोका अन्तराष्ट्रीय खेलाडी मोहन सुनार, भलिबलका राष्ट्रिय रेफ्री तथा ँक्ष्ख्द्यब् का लेवन वान कोच द्रोण चन्द लगाएतले पुरस्कार प्रदान गरेका थिए ।कार्यक्रमको संचालन अनलाइन टिभी पत्रकार संघ दाङका अध्यक्ष एच आर मगरले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds