काटिएको उद्योगमा विद्युत लाइन जोडिने

Byदोर्ण के.सी.

८ श्रावण २०८१, मंगलवार १६:५४ ८ श्रावण २०८१, मंगलवार १६:५४ ८ श्रावण २०८१, मंगलवार १६:५४

काठमाडौं, ८ श्रावन ।  विभिन्न ६ वटा उद्योगमा काटिएको लाइन आजै साँझदेखि जोडिने भएको छ । डेडिकेटेट र ट्रङ्कलाइनको प्रिमियम महशुल वक्यौता असुल उपर गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । लाईन काटिएका ६ वटा उद्योगहरुको विद्युत आज साँझबाट क्रमिक रुपमा जडान गरिने निर्णयमा उल्लेख छ । तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत महशुल भुक्तानी नगरेमा पुनः वक्यौता असुल उपर गर्न कारवाही अगाडि बढाउने गरी हाललाई उद्योगहरुको विद्युत लाईन जोडने निर्णय भएको प्राधिकरणको भनाइ छ । प्रचण्ड नेतृत्वको सरकार हुँदा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काट्न सुरु गरेको थियो 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds