कपुरकोटमा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने

Byदोर्ण के.सी.

५ पुष २०८०, बिहीबार १३:५५ ५ पुष २०८०, बिहीबार १३:५५ ५ पुष २०८०, बिहीबार १३:५५

सल्यान,५ पुस । सल्यानको कपुरकोट गाउँपालिकामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको परिपत्र अनुसार गाउँपालिकामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो । भूकम्प प्रभावित जिल्लामा दादुरा–रुवेला र टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न थालिए पछि कपुरकोट गाउँपालिकामा पनि टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख सुवास हमालले जानकारी दिनु भयो ।

उहाँका अनुसार दादुराविरुद्धको खोप भूकम्प प्रभावित जिल्ला जाजरकोट र पश्चिम रुकुममा तथा टाइफाइड विरुद्धको खोप ती दुई जिल्ला जाजरकोट र पश्चिम रुकुम सहित सुर्खेत, दैलेख,कालीकोट,जुम्ला र सल्यानमा सञ्चालन गरिने छ । कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले गाउँपालिका भित्रका १७ हजार ५ सय ७६ जना जनसङ्ख्या मध्य १६ बर्ष देखि ४५ बर्ष सम्मका ८ हजार १ सय ४६ जनालाइ टाइफाइड विरुद्धको खोप लगाइने लक्ष्य रहेको बताउनु भयो । गाउँपालिकाको ६ वडामा २६ वटा खोप केन्द्र बनाएर पौष ९ गते देखि १३ गेत सम्म टाइफाइड विरुद्धको खोप लगाइन लागेको अध्यक्ष पुनको भनाई छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले भूकम्प पछि बिभन्न महामारी जन्य रोग लाग्न सक्ने सम्भावना रहेकाले टाइफाइड विरुद्धको खोप लगाइन लागेको बताउनु भयो । तीमध्ये सबैभन्दा बढी दादुरा–रुवेला र टाइफाइड हुनसक्ने सम्भावना बढी रहन्छ,’उँहाले भन्नु भयो, ‘भुकम्प प्रभावित ठाउँका नागरिकहरुले खुल्ला ठाउँमा शौच गरेका होलान्,दूषित पानी पनि खाएका होलान्,त्यसैले हामीले टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन गर्दैछौं ।’ टाइफाइड विरुद्धको खोप आफुलाई पायक पर्ने जुन सुकै खोप केन्द्रमा पनि लगाउन सकिने स्वास्थ्य शाखा कपुरकोटले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds