










थर्कोट समाचारदाता
तुलसीपुर १३ पुस ।
एन प्याब्सन दाङ जिल्ला अन्तर बिधालय स्तरिय बृहत खेलकुद प्रतियोगिता २०८१ को उपाधी ज्ञान ज्योती माबी तुलसिपुरले हात पार्न सफल भएपछि ज्ञान ज्योती माबी च्याम्पियन बनेको छ । एन प्याब्सन दाङको आयोजनामा बेल्झुन्डी रंगशालामा संचालित प्रतियोगितामा ८ स्वर्ण,३ रजत र १ कास्य पदक हात पार्दै ज्ञान ज्योती माबी तुलसिपुर च्याम्पियन बनेको हो । त्यस्तै ५ स्वर्ण,४ रजत र ५ कास्य पदकका साथ दोस्रो हुदा जनप्रीय बोर्डिङ स्कुल बालापुर ५ स्वर्ण,४ रजत र ४ कास्य पदकका साथ तृतिय भयो । त्यस्तै अमृत बाल एकेडेमीले ३ स्वर्ण,१ रजत र १ कास्य पदक हात पार्दै चौथो स्थान हात पार्दा श्रीगाउ लाईभ भिजन सिम्ठाना २ स्वर्ण र ५ रजतक पदक हात पारेर पाचौ स्थानमा प्राप्त गर्न सफल भएको प्रतियोगिताका संयोजक बालकृष्ण खत्रीले जानकारी दिनु भएको छ । तीन दिन सम्म संचालित प्रतियोगितामा एथलेटिक्स तर्फका १३ ईभेन्टस् ,भलिबल छात्रर छात्रा तर्फ कडा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा एन प्याब्सनमा आबद्ध २७ बिधालयको सहभागिता रहेको थियो । यसैबिच प्रतियोगिताको समापन समारोह एन प्याब्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सुबोध कुमार डागिको प्रमुख आतिथ्य एवं दाङ जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख राकेश परियार र एन प्याब्सनका केन्द्रीय सदस्री प्रकाश कुमार शर्माको विशिष्ट आतिथ्यमा भएको थियो ।कार्यक्रमको संचालन एन प्याब्सनका जिल्ला सचिब शालिक राम कार्किले गर्नु भएको थियो । सो अवसरमा बिजेता बिधालय,खेलाडी तथा उद्घाटन समारोहमा भएको मार्चपास र नृत्यमा प्रथम स्थान हासिल गर्ने डिभाईन टेम्पल एकेडेमी लगाएतका बिधालय लाई ट्रफि मेडल, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।


