आज पनि चार प्रदेशमा भारी वर्षाको सम्भावना

Byदोर्ण के.सी.

७ भाद्र २०८१, शुक्रबार ०३:४१ ७ भाद्र २०८१, शुक्रबार ०३:४१ ७ भाद्र २०८१, शुक्रबार ०३:४१

थर्कोट समाचारदाता
काठमाडौँ, ७ भदौ । बिगत लामो समयदेखि देशभर मनसुनी वायुको प्रभाव तिव्र गतिले अगाडि बढिरहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ ।

कोशी प्रदेशका केही स्थानहरूमा तथा मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्या ङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ् सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी र बागमती प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आज राति कोशी, मधेस, बागमती र सुदूरपश्चिम केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds