आज देशका धेरै ठाउँमा मौसम सफा रहने

Byदोर्ण के.सी.

७ कार्तिक २०८०, मंगलवार ०५:४१ ७ कार्तिक २०८०, मंगलवार ०५:४१ ७ कार्तिक २०८०, मंगलवार ०५:४१

काठमाण्डौ, ७ कात्तिक ।  आज दशैँको मुख्य दिन देशका धेरै ठाउँमा मौसम सफा रहनेछ । धेरै ठाउँमा मौसम सफा नै रहे पनि आज पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र केही ठाउँमा चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाड तथा हिमाली क्षेत्रको एकदुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना छ । विभागले जारी गरेको मौसम बुलेटिनमा नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको उल्लेख छ । भोलि कोशी प्रदेशसहित देशको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds