आज कर्णाली प्रदेश सहित तीन प्रदेशमा मौसम यस्तो रहयो

Byदोर्ण के.सी.

६ कार्तिक २०८०, सोमबार ०३:४८ ६ कार्तिक २०८०, सोमबार ०३:४८ ६ कार्तिक २०८०, सोमबार ०३:४८

सल्यान, ६ कार्तिक । कर्णाली प्रदेश सहित सुदुरपश्चिम र गण्डकी प्रदेशका पहाडी क्षेत्रको मौसम बदली भएको छ । मौसमविदका अनुसार पश्चिमी वायुको प्रभावका कारण यी क्षेत्रको मौसम बदली भएको हो । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आज, भोलि र पर्सि पानी पर्ने सम्भावना पनि रहेको मौसमविद् राजु प्रधानाङ्गले बताएकाछन् ।
तीन प्रदेशमा बाली भित्र्याउने तयारी भएको भए मौसमी अवस्थाबारे जानकारी राख्न मौसमविद्को सुझाव छ । यस्तै, यात्रा गर्दा पनि सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् । बाग्मती, कोशी, मधेस र लुम्बिनी प्रदेशको मौसम भने सामान्यतया सफा नै रहने मौसमविद् प्रधानाङ्गले जानकारी दिएकाछन्। अहिले दाङ उपत्यका सहित आसपासका क्षेत्रमा घाम लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds