









थर्कोट समाचारदाता
तुलसीपुर, ५ भदौ । लगातार आएको अबिलरल वर्षातको कारण पातुखोलामा आएको बाढीले गर्दा अमृतपुर खानेपानीमा ठूलो क्षेति पुगेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले जनाएको छ । अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको अनुसार तामाखानी, झङग्रेनीथान, गिठेपानी मुहान लगायत चोरखोला क्षेत्रको पाइपलाइनमा क्षेति पुगेपछि खानेपानी अबरुद्ध भएको छ । जसका कारण खानेपानी सेवा क्षेत्रका करिब चार हजार उपभोक्ता प्रभावित भएका छन् ।

पातुखोलामा आएको बाढीले करिब ३ सय मिटर मेन पाइपलाइन बगाएको छ भने मुहानहरुमा क्षेति पुगेको अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव दशरथ वलीले जानकारी दिनुभएको हो । खानेपानी नियमित रुपमा सुचारु गर्न करिब २,३ दिन लाग्न सक्ने सचिव वलीले बताउनुभएको छ । खोलामा बाढी बढेका कारण क्षेतिको एकीकण विवरण संकलन गर्न नसकिएको उहाँले बताउनुभएको छ । यसैविच खानेपानी अवरुद्ध भएपछि सचिव वलीले नियमीत नभएसम्म वैकल्पिक व्यवस्था गर्न सम्पूर्ण उपभोक्ताहरुलाई आग्रह गर्नुभएको छ । बुधबार संस्थाका सचिव दशरथ वली खानेपानीको मुहानमा पुगी सो कुरा बताउनुभएको हो । मुहान एकदमै अप्ठयारो ठाउँमा भएको र पानी निरन्तर परिरहेकोले थप बिस्तृत विवरण बेलका दिने भन्दै सो कुरा बताउनुभएको हो ।



