अखिल (क्रान्तिकारी) का प्रदेश संयोजक नविन खड्का सहित ३ जना गिरफ्तार

Byदोर्ण के.सी.

२६ मंसिर २०८०, मंगलवार १६:०५ २६ मंसिर २०८०, मंगलवार १६:०५ २६ मंसिर २०८०, मंगलवार १६:०५

नवलपरासीकाे बर्दघाटबाट मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट नेपाल निकट अखिल (क्रान्तिकारी) का लुम्बिनी ब्युरो संयोजक नविन खड्का सहित ३ जना गिरफ्तार परेका छन् । पक्राउ पर्नेमा खड्का सहित अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य मनोज थापा र अखिल (क्रान्तिकारी) केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश सह– संयोजक इन्दु ओलि रहेको अखिल (क्रान्तिकारी)का नवलपरासीका संयोजक सन्देश सापकोटाले जानकारी दिनुभयो । अखिल (क्रान्तिकारी)ले हाल ‘विद्यार्थी जागरण अभियान’ सञ्चालन गरिरहेको छ । अभियानको क्रममा बर्दघाट नगरपालिकाको पर्खालमा ‘दलाल संसदिय व्यवस्था मुुर्दावाद’ जस्ता नाराहरु लेख्न खोज्ने क्रममा नगरपालिकाको नगर प्रहरीले उनीहरुलाई हस्तक्षेप गरेका थिए । नगर प्रहरीको हस्तक्षेप पश्चात नगर प्रहरी र अखिल (क्रान्तिकारी)का विद्यार्थीहरुबीच भनाभन भएको थियो । त्यसको केही बेरमा इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरीहरुले उनीहरुलाई गिरफ्तार  गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds