थर्कोट समाचारदाता
दाङ, १४ असोज
दाङका सुत्केरी महिलाहरूले सन्तुलित पोषणका लागि अण्डा पाएपछि खुसीले हर्षीत भएकाछन् । दाङको तुलसीपुर ३ मा रहेको दमारगाउँ चर्चले सुत्केरी महिलालाई अण्डा सहयोग गरेपछि उनीहरू खुसीले हर्षीत भएका हुन् । चर्चका अध्यक्ष धनसरा बिकको अध्यक्षता तथा वडा नम्बर ३ का वडा अध्यक्ष बिरबहादुर बिकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा सन्तुलित पोषणका लागि ७ जना सुत्केरीलाई अण्डा सहयोग गरिएको हो । त्यस्तै संस्थाको स्थापना दिवसका अवसरमा रक्तदान गर्ने रक्तदातालाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । त्यस्तै संस्थाको लागि अतुलनीय योगदान पुर्याए बापmत वडा अध्यक्ष बिकलाई दोसल्ला ओढाएर प्रसंसापत्रले सम्मान गरिएको थियो । कार्यक्रममा चर्चका उपाध्यक्ष बिष्णु पुन, सचिव सवित्रा बिक, कोषाध्यक्ष गिता विष्ट लगाएतकाले मन्तव्य राखेका थिए ।

