थर्काेट समाचारदाता
घोराही २६ आषाढ
गुरुकुल एकेडेमीले यस वर्षको गुरुपूर्णिमालाई विशेष बनाउँदै दाङ जिल्लाका विभिन्न सामुदायिक विद्यालयका महिला प्रधानाध्यापकहरूलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरेको छ। प्रधानाध्यापक गुरुआमाहरुसंग गुरुकुल एकेडेमी मार्फत आयोजित यस कार्यक्रममा शिक्षामा महिला नेतृत्वको भूमिकालाई सम्मान गर्दै महिला प्रधानाध्यापकहरूको योगदानको कदर गरिएको थियो। गुरुपूर्णिमाको अवसर पारेर महिला प्रधानाध्यापकहरूलाई सम्मान गर्नुको उद्देश्य शिक्षण क्षेत्रमा उनीहरूले पुर्‍याउँदै आएको समर्पण, लगनशीलता र नेतृत्व क्षमतालाई सम्मान गर्नु रहेको गुरुकुल एकेडेमीका अध्यक्ष ई अनन्तराज घिमिरेले बताउनुभएको छ ।कार्यक्रममा सम्मानित हुने महिला प्रधानाध्यापकहरूमा श्री मावि सेवार बनगाउँकी प्रधानाध्यापक बाल्मी केसी ,सरस्वति मावि चौतारा तुलसिपुरकी लक्ष्मी न्यौपाने ,श्री मालमितेरी मावि भोजपुरकी रीता न्यौपाने, श्री मावि दोघरे तुलसिपुरकी सुनिता यादव, श्री सरस्वति मावि घोराहीकी बसन्ता पौडेल, मावि फल्कापुरकी सम्झना शर्मा , श्री पशुपति मावि तुलसिपुरकी राधा चौधरी , श्री गुरुगजुर मावि तुलसिपुरकी कुमारी केसी , भूमि आधारभुत विद्यालयकी डुक कुमारी रावत ,श्री आधारभुत विद्यालय घोराहीकी योगमाया अधिकारी , श्री बराहक्षेत्र मावि घोराहीकी महेश्वरी घर्ती , श्री माता पवित्रादेवी साङवेद विद्यालय घोराहीकी सन्तोषी सुवेदी , श्री शिवशक्ति मावि धनौरीकी निकिता क्षेत्री ,श्री उदय आधारभुत विद्यालयकी विमला वली र श्री बिपि कोइराला मावि शान्तिनगरकी तुलसीकुमारी गिरी रहनुभएको छ । कार्यक्रमका वक्ताहरूले गुरुपूर्णिमाको ऐतिहासिक तथा सांस्कृतिक महत्वका बारेमा चर्चा गर्दै शिक्षकलाई राष्ट्र निर्माणका अभियन्ता तथा समाजका दीपस्तम्भको रूपमा व्याख्या गरेका थिए । श्री बिपि कोइराला मावि शान्तिनगरकी तुलसीकुमारी गिरीले गुरुकुल एकेडेमीले जस्तो नाम त्यस्तै संस्कार विद्यालय भित्र रहेका भन्दै विद्यालयको प्रसंशा समेत गर्नुभयो । यस्तै श्री उदय आधारभुत विद्यालयकी प्रधानाध्यापक विमला वलीले स्थानिय तहले गर्नु पर्ने काम गुरुकुल एकेडेमीले गरेको भन्दै खुसि ब्यक्त गर्नुभयो । साथै उँहाले यस कार्यले स्थानिय तहलाई सिकाईको बाटो देखिने पनि बताउनुभयो । कार्यक्रममा गुरुकुल एकेडेमीका शिक्षकहरुले महिला प्रधानाध्यापकहरूको शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानले अन्य शिक्षकहरू र विद्यार्थीहरूलाई समेत प्रेरणा दिएको बताउँदै आगामी दिनहरूमा पनि यस्ता सम्मान कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे। सम्मानित प्रधानाध्यापकहरूले आयोजक प्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमहरूले आफूहरूलाई अझै उत्साह र प्रेरणा दिएको प्रतिक्रिया दिएका थिए। गुरुपूर्णिमाको अवसरमा गरिएको यो विशेष सम्मान कार्यक्रमले दाङ जिल्लामा शिक्षामा महिला नेतृत्वको पहिचान र सम्मानलाई नयाँ उचाइमा पुर्‍याएको छ। गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिको अध्यक्षतामा तथा विद्यालयका अध्यक्ष ई. अनन्तराज घिमिरेको प्रमुख आथित्यतामा भएको कार्यक्रमको सहजिकरण परीक्षा संयोजक विबेक देवकोटाले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्पादक छनोट

This will close in 0 seconds