नेपाल प्रहरीले दसैँ–तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सुरक्षा व्यवसथा कडा बनाउने बताएकोछ । यही असोज २१ गतेदेखि शुरू हुने यस वर्षको दसैँ–तिहारलाई मध्यनजर गर्दै देशभरको सुरक्षा विगतको भन्दा विषेश योजना अनुसार लागु गरिने बताईएकोछ । विगतका चाडपर्वमा भएको सुरक्षा कमीकमजोरीलाई मध्यनजर राख्दै केन्द्रीय सुरक्षा योजना सहित युनिटहरूले आआफ्नै सुरक्षा चुनौती अनुसार सुरक्षा योजना तयार पारी यसवर्षको दसैँतिहार सुरक्षा योजनालाई बलियो र मजबुद पार्दै सुरक्षा कडाईका साथ तिव्र गतिले अगाडि बताईने नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताएका हुन् । विगतको समयहरू चाडपर्वहरूमा थुर्पै घटनाहरू घट्ने गरेकाले यस वर्षका चाडपर्वहरू दसैँ तिहारमा कुनै पनि आपराधिक क्रियाकलाप हुन नदिन प्रहरी व्यापक परिचालन गरिनुका साथै असोज २१ गतेदेखि यसवर्षको दसैँ–तिहार सुरक्षा विषेश तथा कडाई योजनाका साथ अगाडि बढाईने केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताएका हुन् यसैगरी उनले दसैँ–तिहारको समयमा नेपाल प्रहरीका गण तथा गुल्ममा रिजर्भमा रहेको फोर्सलाई परिचालन पनि गरिने जानकारी दिदै ढुक्कका साथ दसैँ मनाउन घर गए हुन्छ, तर विगतका समयहरूमा मोबायलमा फोटो सेसनका कार्यले गर्दा विभिन्न प्रकारका घटनाहरूले टेवा पाएको बताउँदै यस वर्षको चाडपर्वमा घर बन्द गरेर जाँदा सेल्फी खिचेर घर खाली भएको जानकारी हुने गरी सामाजिक सञ्जालमा पोष्ट नगरौँ, बरु प्रहरीलाई जानकारी गराऔँ,’ भन्दै उनले सबैलाई सुझाव दिएका थिए। दसैँ–तिहार जस्ता चाडपर्वमा अपराधिक क्रियाकलाप बढी हुने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यहाँ गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न समेत प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले आग्रह गरेका थिए । यसैगरी प्रहरी प्रधान कार्यालयले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटहरूमा सर्कुलर जारी गरेको छ। नजिकिदो चाडपर्वलाई लक्षित गरी आवश्यक सुरक्षा प्रवन्ध सहित सुरक्षा योजना तयार पारी लागु गर्न सर्कुलर जारी गरेको प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कडायतले बताएका छन्। उनका अनुसार दसैँ–तिहार विशेष सुरक्षा योजना लागु भएपछि साविकभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने र सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करीलगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरीलाई चुस्त रुपमा परिचालन गर्ने गरिनेछ।
यसवर्षको दसैँ–तिहारमा कतिजना सुरक्षाकर्मी परिचालन हुन्छन भन्ने कुरा केही दिनमै सार्वजनिक गरिने उनले जानकारी दिएका थिए ।

